एजेन्सी, श्रावण २२ । अमेरिकाको जुत्ता उत्पादन गर्ने एक कम्पनीले हालै भगवान गौतम बुद्धको तस्वीर अंकित गरेर नयाँ जुत्ता बजारमा लन्च गरेको छ । विश्वका बौद्धधर्मालम्बीहरुको आस्थाको धरोहर भगवान बुद्धको तस्वीर अंकित उक्त जुत्ता बजारमा आएपछि त्यस कार्यको विश्वभर व्यापक विरोध भएको छ ।
विश्वका बौद्धधर्मालम्बीहरुले अमेरिकी कम्पनीले तत्काल उक्त सम्पूर्ण जुत्ताहरु बजारबाट हटाउनुपर्ने र सार्वजनिक माफी माग्नुपर्ने समेत माग गरेका छन् । उनीहरुले आफ्नो आस्थाको धरोहर भगवानको तस्वीर जुत्तामा अंकित गरेर सम्पूर्ण बौद्धधर्मालम्बीहरुको अपमान गरेको आरोप लगाएका छन् ।
त्यस्तै उक्त घटनालाई लिएर बौद्धधर्मालम्बीहरुले सामाजिक सञ्जालमा एउटा पेज समेत बनाएका छन् । जसबाट उनीहरुले कम्पनीको उक्त कार्यप्रति विरोध जनाइरहेका छन् भने विश्वका बौद्धधर्मालम्बीहरुलाई एक ठाउँमा जोड्ने कार्य समेत गरिरहेको समाचार स्रोतहरुले उल्लेख गरेका छन् ।
तर, जुत्ता उत्पादक अमेरिकी कम्पनीले भने यस विषयमा कुनै प्रतिक्रिया नदिएको बताइएको छ । नेपालमा जन्मेका भगवान गौतम बुद्ध विश्वभरका बौद्धधर्मालम्बीका एकमात्रै भागवान स्वरुप हुन् ।